रौतहट । रौतहटमा एकपछि अर्कोलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्न थालेपछि जनप्रतिनिधिविच नै विवाद बढेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन वृन्दावन नगरपालिकामा प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीहरू निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि विवादित बन्दै आएको हो । यो नगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचन यता पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ । संघीय…