Logo

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

जनकपुर । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।…