विराटनगर । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएको अवस्थालाई ध्यान दिंदै सुधारको अभियान सुरु गरिएको छ । विराटनगर महानगरपालिका—११ बाट सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरिएको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर—११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले…