काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो । मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ…