काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती…