Logo

Breaking News 1

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, देशभर आंशिकदेखि साधरणतया बदली रहने



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको तथा कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको विभागले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ तथा गण्डकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : २५ बजे