Logo

Breaking News 1

बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, यस्ताे छ अन्य प्रदेशकाे माैसम पूर्वानुमान



काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार आज राति कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : १३ बजे