महेन्द्रनगर । सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पारे । उनले…