बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन । अस्पतालले सोमबार सामाजिक सञ्जालमार्फत…