कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मृतक जोशीको परिवारलाई मानवीय आधारमा दुई लाख रुपैयाँ सहयोग गर्न लागिएको जानकारी दिएका हुन्। यसअघि प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई जनही दुई लाख रुपैयाँ…