रौतहट । स्थानीय तहको सरकारसंगै गाउँ गाउँका अधिकास स्थानमा कालोपत्रे सडक पुगिसकेको छ । तर सो कालोपत्रे सडकमा अहिले हिड्दा दुर्घटनाको सम्भावना बढेको छ । हिजोआज रौतहटको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ । जसका कारण उक्त सडकमा सवारी चलाउदा…