काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन भोलि शनिबार सुरु हुने भएको छ । शुक्रबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न एवं थप जवाफदेही बनाउँदै लैजाने विषयमा प्रदेश सम्मेलनमा छलफल हुने प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत हुने र छलफल गरी पारित गर्ने उनले…