विराटनगर । कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरिएको छ । द एशिया फाउन्डेसनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आज मंगलबार आयोजना गरेको कार्याक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो । त्यस क्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए…