काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् ।उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनलाई विहीबार साँझसम्म शपथ गराउने कार्यतालिका छ । एमाले-माओवादीका ५२ सांसद…