इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ । अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स्वास्य मन्त्रालयले जानकारी दिएको छ…