Logo

युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !

सुर्खेत । कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन् । अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेद्वारहरु अचेल बाटोमा कोही देख्ने बित्तिकै दुबै हात जोडेर नमस्कारको अभिवादन गर्छन् । कोही त खुट्टामै ढोक्छन् भने कोही शिर निहुँराएर मतदाता सामु झुकिरहेका…