रौतहट । पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एचआर…