महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई मंगलबार नगरपालिकाको कार्यालय प्रवेशमा अवरोध गरिएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले कार्यालयको मुख्य गेटमा ताला लगाएर उनलाई प्रवेश गर्न नदिएको हो। उपप्रमुख महतो मंगलबार बिहान नियमित कामको लागि कार्यालय पुग्दा मुख्य गेटमै रोकिनुपरेको थियो। गेटमा ताला लगाइएको भए पनि नगर प्रहरीहरू भने त्यहाँ देखिएका…