विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको सहमतिमा असन्तुष्टि सार्वजनिक गरेपछि कार्कीलाई सकस भएको हो । केन्द्रमा भएको गठबन्धन दलको बैठकले प्रदेश १ सरकारको मुख्यमन्त्रीमा आलोपालो नगरी…