विराटनगर । झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका(१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीसँग कारोबारमा संलग्न विराटनगर–१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–४…