मुगु । मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ। लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो। समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा…