Logo

ऐना खबर


नेपाल स्काउटको प्रधान कार्यालय अनशन सुरु, चारसूत्रीय माग राखियो

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले संगठनभित्र व्याप्त अनियमितता, प्रशासनिक त्रुटि तथा विभिन्न प्रकारका दुव्र्यवहारका घटनाहरूको छानबिनको माग गर्दै अनशन सुरू गरेको छ ।  अभियानका संयोजक देवदुत अधिकारीको अगुवाइमा विभिन्न प्रदेशका स्काउटरहरूको उपस्थितिमा नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय, काठमाडौंमा अनशनको सुरुवात गरिएको हो । संयोजक अधिकारीले अनशनको औपचारिक सुरुवात गर्दै सहभागी स्काउटरहरूलाई माला र टिका लगाएर संघर्षको पहिलो चरण प्रारम्भ गराए । उनले संगठनभित्रको सुदृढीकरण, पारदर्शिता र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न चारसूत्रीय माग अघि सारे । हालै जारी कर्मचारी प्रशासन नियमावली २०८१ को केही प्रावधान कर्मचारीहरूको मनोबल गिराउने खालका रहेको भन्दै उनले राष्ट्रिय परिषद्मार्फत छलफल गरी संशोधन गर्नुपर्ने माग राखेका छन् । विशेषगरी प्रसूति बिदाजस्ता सुविधा कटौती अस्वीकार्य रहेको उनको भनाइ छ । नेपाल स्काउट सुधार अभियानका सदस्यहरूले राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराई संलग्न रहेको भनिएको अनियमिततासम्बन्धी १० बुँदे उजुरीको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन्। त्यस्तै, भट्टराईमाथि कार्यक्षेत्रमा गरिएको भनिएको दुव्र्यवहार र यौन दुव्र्यवहारका गम्भीर आरोपहरूको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने आवाज उठाइएको छ । छानबिन प्रक्रिया नसकिएसम्म भट्टराईलाई तत्काल निलम्बन गर्नुपर्ने तथा अनुसन्धान प्रतिवेदनका आधारमा मात्र कारबाही अघि बढाइनुपर्ने मागसमेत राखिएको छ । अनशनमा बागमती प्रदेशका स्काउटर अनुज प्रधान र पवन गुरुङ तथा मधेस प्रदेशका सहायक राष्ट्रिय प्रशिक्षक अब्दुल सलाम मिया सहभागी छन् । नेपाल स्काउट सुधार अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका प्रगतिशील संघर्ष समितिका सदस्य सञ्जय खड्गीले संगठन सुधारका लागि संघर्ष आवश्यक रहेको बताए । अभियानका प्रवक्ता स्काउटर आशिक कार्कीले आन्दोलनलाई थप सशक्त बनाउनका लागि आज उपस्थित हुन नसकेका स्काउटरहरूको समर्थन रहेको सन्देश बाचन गरे । नेपाल स्काउट सुधार अभियानका अगुवा विदुर गिरिले संगठन सुधारका लागि निरन्तर दबाब आवश्यक रहेको उल्लेख गर्दै उपस्थित सम्पूर्ण राष्ट्रिय प्रशिक्षक,

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले एक सुचना

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी

माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, आन्दोलनलाई थप चर्काइने

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन,

नेकपा एसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, राज्य नालायक बनेको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओ (फ्रेश पब्लिक अफर) बाँडफाँट प्रक्रिया

समृद्धि फाइनान्सको सिईओमा घिमिरे नियुक्त, लोहनीले दिएको राजीनामा स्वीकृत

काठमाडौं। समृद्धि फाइनान्सले सन्तोष कुमार घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा

वाणिज्य बैंकहरूको ब्याजदरमा सानो घटावट, १७ बैंकले ब्याजदर यथावत राखे

काठमाडौं। वाणिज्य बैंकहरूले निक्षेप ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेका छन्, जसमा २० वटामध्ये १७ बैंकहरूले

अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका