Logo

मुख्य समाचार

राष्ट्रपतिका अर्थ विज्ञमाथि खनिए ओली,


२८ बैशाख २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने निर्णय गरेको विषयमा राष्ट्रपतिका अर्थ विज्ञ डा.चीरञ्जिवी नेपालले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिका विज्ञ सल्लाहकारमाथि प्रश्न उठाएका हुन् । ओलीले ‘राष्ट्रपतिले कस्तालाई र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ?’ भन्दै प्रश्न गरे ।

नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने निर्णय गर्दा राष्ट्रपतिका अर्थ विज्ञ डा. नेपालले भारतलाई उत्तेजित पार्न खोजेको, नेपालको राष्ट्रियता कमजोर पार्न खोजेकोलगायतका आरोप लगाएको ओलीको भनाइ छ ।

ओलीले राष्ट्रपतिका अर्थ विज्ञ नेपालको उक्त अभिव्यक्तिलाई ‘तमासा’ को संज्ञा दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ३९ बजे