Logo

मुख्य समाचार

रविसहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय


२८ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौँ । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरुलाई आज संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतालाई संसदमा बोल्न दिने पार्टीले निर्णय गरेको जानकारी दिँदै त्यसपछि भने लामिछानेबारे उठेका विषय सम्बोधन गर्न संसदीय छानबिन समिति नभएसम्म बैठक अबरुद्ध गर्ने रणनीति पार्टीले लिएको बताए ।

आजको बैठकमा प्रमुख सचेतक रमेश लेखकले सुप्रिम सहकारी ठगीसम्बन्धी अदालतमा पेश भएको अभियोगपत्र बैठकमा वितरण गरेका थिए । रुपन्देही जिल्ला अदालतमा पेश भएको उक्त अभियोगपत्रमा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड रुपैयाँ लिएको देखिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : ०३ बजे