Logo

खेलकुद

दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक



काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपछि खेलकुद मन्त्रालयले चासो राखेको छ ।

यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।

छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ ।

फुटबलका दुई निकायले रंगशालाको स्तर सुधार गर्न एन्फालाई पत्राचार गरेको थियो । दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ११ : २१ बजे