Logo

खेलकुद

आईपीएल : मुम्बई र हैदरावादबीच खेल हुँदै



इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।

जारी सिजनमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन रहेको छ । अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गरेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ११ : १० बजे