Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ वैशाख २४ गते, सोमवार ६ मे २०२४ । वैशाख कृष्णपक्ष त्रयोदशी तिथि, १३ः१९ बजेपछि चतुर्दशी। रेवती नक्षत्र, १६ः४७ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १६ः४७ बजेपछि मेष।

मेष
घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

वृष
मिहिनेत गर्दा सजिलै काम बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। पहिलेको उपलब्धिले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

मिथुन
नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।

कर्कट
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ने समय छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

सिंह
स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

कन्या
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पेसा–व्यवसायमा थप फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

तुला
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

वृश्चिक
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। समयतालिका नमिल्दा योजना पनि अधुरै रहनेछ।

धनु
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।

मकर
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ।

कुम्भ
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ।

मीन
मिहिनेतले उपलब्धि हातपार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै काममा निखारता ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ०२ बजे