Logo

Breaking News 1

नेपाललाई पाँचौं सफलता



काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपाललाई सोमपाल कामीले पाँचौं सफलता दिलाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले म्याथ्यु फोर्डेलाई गुमाएको हो ।

जारी खेलको १७ ओभर हुँदा वेस्ट इन्डिज ‘ए’ले पाँच विकेट गुमाएर १३९ रन बनाएको छ । त्यसअघि नेपालका लागि तीन विकेट सागर ढकालले र अर्को एक विकेट अभिनाश बोहराले लिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १ : ५४ बजे