Logo

Breaking News 1

अभिनाश बोहराले दिलाए चौथो सफलता



काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपाललाई अभिनाश बोहराले चौथो सफलता दिलाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले कप्तान रोस्टन चेजलाई गुमाएको हो ।

जारी खेलको १४ ओभर हुँदा वेस्ट इन्डिज ‘ए’ ले चार विकेट गुमाएर १०६ रन बनाएको छ । त्यसअघि नेपालका लागि तीन विकेट नै सागर ढकालले लिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १ : ३५ बजे