Logo

खेलकुद

आईपीएल : बैंगलुरु र गुजरातबीच खेल हुँदै



काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुँदै छ । बैंगलुरुमा हुने आजकाे खेल नेपाली समय अनुसार राति पाैने ८ बजेदेखि शुरु हुँदै छ ।

जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंकसहित बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ ।

त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : २८ बजे