Logo

खेलकुद

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितको अर्धशतक



काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ०१ बजे