Logo

खेलकुद

फ्लेचर र चार्ल्सको अर्धशतक, नेपालसामु २१० रनकाे विशाल लक्ष्य



काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि–२० सिरिजको चौथो खेलमा नेपालले २१० रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।

यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १ : ५८ बजे