Logo

खेलकुद

वेस्ट इन्डिजले नेपाललाई दियाे २२८ लक्ष्य



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए ।

शृङ्खला अहिले १–१ को बराबरीमा रहेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ०३ बजे