Logo

समाचार

इलाममा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु



बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको मृत्यु भएको हो । घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए ।

दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका छन् । घटनामा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको उनले बताए । बेहोस भएको अवस्थामा घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ ।

दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको छ ।

गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए । इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ३१ बजे