Logo

Breaking News 1

सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०८ बजे