Logo

खेलकुद

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने



काठमाडौँ । नेपालले आइतबार खेलिने वेस्ट इन्डि ‘ए’ विरुद्धको दोस्रो टी–२० क्रिकेटमा पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । 

यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले क्यारेबियन टोलीलाई चार विकेटले हराएको थियो । पहिलो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतकीय पारी खेलेका थिए । 

जारी भ्रमणका क्रममा वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँचवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ‘ए’ टोलीमा अधिकांश सिनियर खेलको उपस्थिति रहेको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : १३ बजे