Logo

खेलकुद

नेपाल र हङकङबीचको खेल आज



काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि शुरु हुनेछ ।

शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित फाइनलमा पुग्यो ।

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणकासबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो । शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ ।

यस्तै, शुक्रबार राति खेलिएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै युएईसँगको भेट पक्का गरेको हो ।
आइतबार ओमान र यूएईबीच फाइनल खेल हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : २६ बजे