Logo

समाचार

जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

शुक्रबार संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले खानलाई सपथ खुवाएका हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : १२ बजे