Logo

खेलकुद

सन्दीप जोराको अर्धशतकमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य



काठमाडौं । सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सन्दीप जोराबाहेक अन्य ब्याटर चल्न नसक्दा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र बनाएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : २७ बजे