Logo

अर्थ

सुनको भाउमा फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ ।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ०२ बजे