Logo

समाचार

एन्फा उपाध्यक्ष दावा लामा रिहा



काठमाडौं । लागु औषध खैरो हिरोइन कारोवारमा संलग्न रहेको मुद्दामा बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बिहीबार रिहा भएका हुन् ।

लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामालाई रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो ।

सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनलाई रिहा गरिएको हो ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १ : ४७ बजे