काठमाडाैं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको हाे ।
प्रतिक्रिया