Logo

खेलकुद

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपालकाे लगातार चौथो जित



काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ ।

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित दर्ता गरेको हो ।

नेपाल यसअघि नै समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको थियो ।

नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ०९ बजे