Logo

खेलकुद

एन्फा उपाध्यक्षको यस्तो थियो बयान



काठमाडौं । लागु औषध –खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले आज पक्राउ गरेको छ ।

झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए । फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए ।

तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्धय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन् । 

यस्तो छ दावाले अदालतसमक्ष गरेको वयानको सारांश

म बाट लागु औषध वरामद भएको होइन म र मेरो साथी नविन लामा वनस्थलिमा खाजा खान गएको थियाैँ । निजसँग लागु औषध खैरो हेरोईनको प्याकेट रहेछ । उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध वरामद गरी निजलाई कुटपिट गरि छाडी दिए र मलाई समाते । प्रहरी समक्ष गरेको बयान मेरो होइन । जबरजस्ती झुठा व्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन् । मलाई पढ्न समेत दिइएन । लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : २६ बजे