Logo

मौसम

कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

हाल कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम आंशिक सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू—भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू—भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू—भागको एक—दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

शनिबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू—भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू—भागका एक—दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : २८ बजे