Logo

धर्म / संस्कृति

आजको राशिफल



आजको राशिफल

मेष (चु चे चो ला लि लु ले लो अ)

आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्राले थकानको अनुभूति हुनेछ । बोलीले काम बन्नेछ । जिम्मेवारी सम्हाल्नु पर्ला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज तपाईंको पराक्रम घट्नेछ । बन्धुबान्धवको सहयोग नपाइएला । स्वस्थ्यमा समस्या हुनेछ । खर्च बढ्नेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

धन प्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । कुटुम्बसँग भेटघाट हुनेछ । उत्साह र उमंगले काममा उर्जा दिनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईंले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु )

आज भाग्यले पूरा साथ दिनेछ । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु परास्त हुनेछन् । शुभ दिन होला । 

कन्या (टो प पि पु ष ण ठ पो)

आज तपाईंको खर्चिलो दिन रहेको छ । धनसम्पत्तिको नोक्सान हुने देखिन्छ ।  यात्रामा निस्किनु पर्ने हुनसक्छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन परिवारको साथ सहयोगले कार्य सफल हुनेछ । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन शत्रुले काम बिगार्न सक्नेछन् । शत्रुहरु सलबलाउने छन् । अनावश्यक सोचाइमा मन जानेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईंको अनुकूल छ । कसैसँग मनमुटु जोडिन सक्छ । आप्mनो  तर्कले अरुलाई परास्त गर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

नरमाइलो तथा उराठलाग्दो दिन होला । आत्मविश्वासका साथ काम गर्नुपर्ला । नयाँ कामको शुरु गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ होला । मान सम्मानमा आँच आउला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

परिवारिक सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । आयको क्षेत्र सन्तोषजनक हुनेछ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ०० बजे