Logo

खेलकुद

पोलिसी एड प्रा. लिको आयोजनामा अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता हुने



काठमाडौं । आगामी नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा पोलिसी एड प्रा. लि ले अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता वैशाख ७ गतेबाट सुरु हुनेछ । यस प्रतियोगितामा जीवन बीमा कम्पनी, पुनर्वीमा कम्पनी, लघुजीवन तथा निर्जीवन बीमा कम्पनी, बीमा प्राधिकरणले भाग लिन पाउनेछन् ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुन लागेको जनाईएको छ। मनोरञ्जन र स्वास्थ्यका लागि पनि यो प्रतियोगिता आवश्यक हुने आयोजकको भनाई छ ।

प्रतियागितामा टिम मेनेजरसहित ८ जना खेलाडि हुनेछन् भने मैदानमा ५ जना खेलाडिले मात्र खेल्न पाउनेछन् । खेल जम्मा ३० मिनेटको हुनेछ जसमा १५ मिनेटमा पहिलो हाफ हुनेछ ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई ट्रफी र मेडल साथै उत्कृष्ट गोल किपर, हाई स्कोरर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५५ बजे