Logo

अर्थ

६ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको भाउ बढेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।  हिजो चाँदी तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : ३५ बजे