Logo

Breaking News 1

सभामुख र शीर्ष नेताबीच छलफलकाे समय सर्‍याे, अब दिउँसाे २ बजे बस्ने



काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष नेताबीच छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि सोमबार बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय सरेको सभामुखको सचिवालयले जनाएको हो ।

अब बैठक दिउँसो २ बजे बस्ने छ । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : २४ बजे