Logo

मुख्य समाचार

‘राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुवै खुट्टाले हिड्ने विधि अपरिहार्य’



काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सिँचाई दिवस तथा ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला आयोजनामा जानै पर्ने भएतापनि ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका हुन् ।

उनले भने, ‘हामी राष्ट्रिय गोरवका आयोजनामा ठिकै हो । ठूला आयोजनामा हामी जानै पर्छ । ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य छ । हामी आर्थिक विकास र सामाजिक न्यायको कुरा गरिराखेका छौं । आयोजनाका कार्यक्रममा यसको प्रतिफल कसरी हुने हो । त्यसमा विचार गर्नुपर्ने छ ।’

व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

धेरै नीति र कानुनले पनि सदुपयोग र समन्वयमा अप्ठ्याराको आउने उल्लेख गर्दै उनले पहिला व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको बताए ।

‘जलश्रोत नीति चाहिने हो पहिले । जलश्रोत कानुनको व्यवस्था छ भने पहिला कानुन बनाउनुपर्ने हो । हामी त्यतातिर नभइ खानेपानीको कानुन बनेको छन् । सिँचाईको कानुनको कुरा त्यतातिर मात्र ध्यान छ । हामी आफैले हाम्रो आफ्नो क्षमतालाई र उपलब्धिलाई मारिराखेका छौं ।’उनले भने, ‘ कतिवटा नीति कानुन बनाउने हो भन्नेमा पनि समयको सदुपयोगको दृष्टिकोणले र भोली समन्वयमा आउने अप्ठ्याराको दृष्टिले हेर्दा यो बढि विचारणीय कुरा छ । यसको लागि व्यवस्थित र प्रभावकारी जलश्रोत नीति चाहिएको छ । जलश्रोत कानुन एकदमै व्यवस्थित र प्रभावकारी चाहिएको छ । त्यसको मार्गदर्शनमा कतिवटा चाहिने हो त्यसपछि मात्र बनाउनुपर्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ४६ बजे